पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

सफल खबर संवाददाता

मंगलबार, ०८ साउन २०८१, ०९ : ३६
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

बागलुङ । अविरल वर्षका कारण राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अवरुद्ध भएको छ ।

सोमबार साँझदेखि परेको वर्षाले करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा आवागमन अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुमन निउरेले जानकारी दिए । उनले अहिले वर्षा भइरहेकोले पहिरो पन्छाउन समस्या भएको बताए ।

सडक अवरुद्ध हुँदा सदरमुकामसँग दक्षिण बागलुङको सिधा यातायात बिच्छेद भएको छ । जैमिनीका किसानले दैनिक चार सय लिटर दूध बागलुङ बजारमा ल्याउँदै आएकामा सडक अवरुद्ध हुँदा समस्यामा परेका छन् ।

मध्यपहाडी लोकमार्गको पर्वत खण्ड खुल्यो
गए रातिदेखि परेको अविरल वर्षाका कारण अवरुद्ध बनेको पुष्पलाल मध्यपहाडी लोकमार्गको पर्वत खण्ड खुलेको छ ।

प्रतिक्रिया दिनुहोस