काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेपालका लागि अमेरिकी राजदूत डिन थम्सनबीच आज शिष्टाचार भेट भएको छ ।
भेटमा उनीहरूबीच नेपाल-अमेरिका द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । त्यसक्रममा सूचना प्रविधिको विकास, साइबर सुरक्षा, प्राकृतिक विपत्तिमा प्रविधिको प्रयोग र नेपालको शान्ति तथा समृद्धिका बारेमा छलफल भएको मन्त्री गुरुङको सचिवालयले जनाएको छ ।
त्यस अवसरमा मन्त्री गुरुङले प्राकृतिक विपत्तिको सामना, पर्वतारोहणका क्रममा हुने दुर्घटनामा उद्धार तथा खोज, सूचना प्रविधिको विकासमार्फत समृद्धि हासिल गर्ने विषयमा सहकार्य गर्न नेपाल तयार रहेको बताएका थिए । उनले रोजगारी सिर्जना र सूचना प्रविधिको विकास तथा विस्तारमार्फत पलयान हुँदै गएको युवा जनशक्तिलाई नेपालमै उपयोग गर्नेलगायत विकास प्राथमिकताका क्षेत्रमा मिलेर काम गर्न सकिने उल्लेख गरेका थिए।
राजदूत थम्सनले मन्त्री गुरुङलाई कार्यकालको सफलताको शुभकामना व्यक्त गर्दै सूचना प्रविधि क्षेत्रको विकास र विस्तारका लागि अमेरिकी सरकार नेपाललाई सहयोग गर्न तयार रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ साउन २०८१, १९ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोमामा रहेको अर्थतन्त्रलाई आइसियुमा फर्काएका छौँ, छिटै लयमा फर्किनेछः सञ्चारमन्त्री गुरुङ
जनताले अनुभूत गर्ने गरी सरकार काममा जुटेको छ: सञ्चारमन्त्री गुरुङ
सहकारी प्रकरणमा संलग्न जुनसुकै दलको भएपनि छानबिन हुन्छ: सञ्चारमन्त्री गुरुङ
लाहुरे संस्कृतिले गुरुङ समुदाय पछि परे : सञ्चारमन्त्री गुरुङ
भाषाको संरक्षण घरबाटै हुनुपर्छ : सञ्चारमन्त्री गुरुङ
सहकारी ठगीमा छानविनका दायरामा परेका सबैमाथि अनुसन्धान हुन्छ : सञ्चारमन्त्री गुरुङ