काठमाडौँ । यो साता स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ८०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत साताको शुक्रबारको तुलनामा यो साता ८०० रुपैयाँले सुनको मूल्य बढेको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४६ हजार ७०० रुपैयाँ थियो । यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ४६ हजार रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा ८०० रुपैयाँले बढेर कारोबार भएको महासंघले जनाएको छ ।यो साता नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको थियो । महासङ्घका अनुसार बुधवार सुनको मूल्य तोलामा १ लाख ४९ हजार ८०० रुपैयाँ पुगेको थियो ।
यो अहिलेसम्मकै उच्च बिन्दु हो । त्यसयताका दुई कारोबार दिनमा भने मूल्य घटेको हो । यससँगै शुक्रबारसम्म आइपुग्दा सुनको मूल्य तोलामा १ लाख ४७ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ४६ हजार ८०० रुपैयाँ कायम छ । सुनको मूल्य बढेको साता चाँदीको मूल्य भने घटेको छ ।
गत साताको शुक्रबार तोलामा १९ सय रुपैयाँ कायम सुनको मूल्य यो साता ७० रुपैयाँले घटेको हो । यो साताको शुक्रबारसम्म ७० रुपैयाँले घटेसँगै चाँदीको मूल्य प्रतितोला १८ सय ३० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ साउन २०८१, १३ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य तोलामा १ लाख ६० हजार पुग्यो
सुनको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?
तोलामा १४ सय बढ्यो सुनको मूल्य
कैलालीमा आधा किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ