बाइडेनमाथि चुनावी मैदान छाड्न दबाब

सफल खबर संवाददाता

शनिबार, ०५ साउन २०८१, १० : २५
बाइडेनमाथि चुनावी मैदान छाड्न दबाब

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई राष्ट्रपति चुनावबाट आफ्नो उम्मेदवारी फिर्ता लिन दबाब बढ्दै गएको छ । पूर्वराष्ट्रपति बाराक ओबामाले पनि बाइडेनको उम्मेदवारीप्रति चिन्ता व्यक्त गरेका छन् । बाइडेनलाई लिएर डेमोक्र्याटिक पार्टीभित्र धेरै आवाज उठ्न थालेका छन् ।

अर्कोतर्फ रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले अग्रता लिइरहेको देखिन्छ । यस्तो अवस्थामा बाइडेनको अभियान थप दबाबमा देखिन थालेको हो ।

केही डेमोक्र्याटहरूले राष्ट्रपति चुनावमा पार्टीको सम्भावनाको अन्धकार चित्र प्रस्तुत गरिरहेका छन् ।

अमेरिकामा बीबीसीसँग सम्बद्ध सीबीएस न्यूजले गरेको सर्वेक्षणले बाइडेन ट्रम्पभन्दा पाँच अंकले पछाडि रहेको देखाएको छ । यो अभियानको क्रममा अहिलेसम्मको सबैभन्दा ठूलो भिन्नता हो ।

तर बाइडेनको अभियानले डेमोक्र्याटिक पार्टीका केही शीर्ष नेताहरूमा व्यक्त गरिएको चिन्तालाई बेवास्ता गरेको छ । बाइडेनले पनि यी चिन्ताहरूलाई आधारहीन भनेका छन् । उनले उम्मेदवारी नछाड्ने बताएका छन् ।

 'वाशिंगटन पोस्ट'का अनुसार पूर्वराष्ट्रपति बाराक ओबामाले व्यक्तिगत रूपमा बाइडेनको राष्ट्रपति चुनाव जित्ने सम्भावना कम भएको बताएका छन् । यद्यपि ओबामाका प्रवक्ताले उनको टिप्पणीबारे कुनै पनि बयान दिन अस्वीकार गरेका छन् ।