काठमाडौँ । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) की सांसद उर्मिला अर्यालले निर्माण कार्यका लागि असार कुर्नुपर्ने अवस्थाको अन्त्य गर्न आवश्यक रहेको बताएकी छिन्। शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
सांसद अर्यालले चैत्र महिनाअघि निर्माण कार्य सक्नुपर्ने र वैशाखसम्म राम्रोसँग मापदण्डअनुसार बनेको छ वा छैन भन्नेकुरा सरकारले निरीक्षण गर्न आवश्यक रहेको बताइन्। उनले पृथ्वी राजमार्ग कहिलेसम्म सुरक्षित बन्छ भन्दै प्रश्न गरिन् । उनले पर्याप्त अनुसन्धानअनुसार योजना बन्न नसक्दा पनि यस्ता दुर्घटना निम्तिएको बताए ।
सांसद अर्यालले राजमार्गको सकुशल र सुरक्षित यात्राको लागि बाढी, पहिरोले प्रभाव नपर्ने गरी विश्वकै विज्ञलाई अध्ययन गर्न लगाइ बाइपास, राजमार्ग निर्माण गर्नुपर्ने बताइन्।
सांसद अर्यालले महत्त्वपूर्ण निर्माण कार्यमहरु सरकार आफैँले सम्पन्न गर्नुपर्ने बताइन् । उनले नेपालमा सडक निर्माणका लागि छुट्याइएको बजेट ५० प्रतिशत पनि राम्रोसँग लगानी नहुने गरेको बताइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ साउन २०८१, १४ : ३०
लेखकबाट थप