फेरी फुट्यो बैद्य नेतृत्वको पार्टी

सफल खबर संवाददाता

बुधबार, ०२ साउन २०८१, ०८ : ५७
फेरी फुट्यो बैद्य नेतृत्वको पार्टी

काठमाडौं । मोहन बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल फेरी फुटेको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टीएकीकरण भएको १६ महिनापछि विभाजन भएको हो ।

विप्लव नेतृत्वको नेकपाबाट विभाजित भएर बनेको नेकपा बहुमतले वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीसँग एकता गरेको थियो ।

एकतापछि पार्टीको सह–संयोजकको भूमिकामा रहेका धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले विज्ञप्ति जारी गर्दै पार्टी एकता

असफल भएको घोषणा गर्दै अलग भएको बताएका हुन् । उनले पार्टीलाई सुदृढ गर्न कयौं प्रसाय गरेपनि वैद्य समूहको असहयोगका कारण सफल हुन नसकेको उल्लेख गरेका छन् । 

प्रतिक्रिया दिनुहोस