काठमाडौँ । भारतका बाह्य मामिलामन्त्री डा.सुव्रमन्यम जयशङ्करले नेपाली कांग्रेसकी नेत्री डा.आरजु राणा नेपालको परराष्ट्रमन्त्रीमा नियुक्त भएकीमा हार्दिक बधाई ज्ञापन गर्दै उनको कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार भारतका बाह्य मामिलामन्त्रीले बहुआयामिक साझेदारीयुक्त नेपाल–भारत सम्बन्धलाई अझ सुमधुर तुल्याउनका खातिर मन्त्री राणासँग सहकार्य गर्न प्रतीक्षारत छु भनेका छन् । ।
यसैगरी, पाकिस्तानका विदेशमन्त्री इशाक दारले पनि आफ्ना नेपाली समकक्षी डा राणालाई आज एक शुभकामना सन्देश पठाउँदै आपसी हित र चासोका मामिलामा निकटसम्पर्कमा रहेर उनीसँग काम गर्न आफू तयार रहेको बताएको यहाँस्थित पाकिस्तानी राजदूतावासले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ साउन २०८१, १२ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालको विकास र समृद्धिको आधार पर्यटन : परराष्ट्रमन्त्री
अब वैदेशिक ऋण अनुदान पहिलाभन्दा कम आउनेछ : परराष्ट्रमन्त्री देउवा
परराष्ट्रमन्त्री आरजु भारत हुँदा मल्दोभाका विदेशमन्त्री नेपालमा
भारतबाट १२ दिनपछि आज फर्किंदै परराष्ट्रमन्त्री आरजु राणा
परराष्ट्रमन्त्री विदेश घुमेको घुम्यै, मन्त्री भएको २४१ दिनमा झण्डै ६० दिन देशबाहिरै
महिलाविरुद्धका अवरोध तोड्न आवश्यक : परराष्ट्रमन्त्री राणा