काठमाडौँ । आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले बढेको छ । यससँगै नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४७ हजार ८०० रुपैयाँ पुगेको हो ।सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४६ हजार ९०० रुपैयाँ थियो । यस्तै आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ४७ हजार १०० रुपैयाँ कायम छ ।
यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । महासंघले आज चाँदीको मूल्य तोलामा १८ सय ७५ रुपैयाँ कायम रहेको जनाएको छ । हिजो सोमबार १८ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ साउन २०८१, ११ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य सामान्य वृद्धि, तोलामा १ लाख ७० हजार ३०० पुग्यो
सुनको मूल्य कात्तिक १५ को रेकर्डसँग बराबरी
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको शौचालयमा सुनको सिक्री भेटियो
तोलामा ७०० रुपैयाँ बढ्यो सुन, आज कतिमा हुँदैछ कारोबार ?
सातामा सुनको मूल्य : २ हजार १०० रुपैयाँ बढ्यो
सुनसहित नागढुंगाबाट दुई भारतीय पक्राउ