काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक दुर्घटना कम गर्न नीति बनाउने बताएका छन् । सोमबार पदभार ग्रहण गर्दै उनले दुर्घटना न्यनीकरण गर्न नीतिगत व्यवस्था गर्ने बताएका छन् ।
मन्त्रालयमा आफूले काम गर्दै सिक्ने भन्दै उनले समस्या धेरै रहेको बताए । ‘विकास निर्माणका काम ठप्प भएका छन्, ती आयोजनाको अवस्था मसिनो गरी हेर्नेछौं, ठेकेदारको भुक्तानीमा पनि हेर्नेछौं’ उनले भने ।
मन्त्री दाहालले सार्वजनिक खरिद ऐन संशोधन गर्ने र क्यालेन्डर बनाएर काम गर्ने पनि बताए । ‘विकासलाई तिब्रता दिन हाम्रो मन्त्रालयको जिम्मेवारी ठूलो छ’, उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३२ असार २०८१, १५ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिको पहुँच अभिवृद्धि गर्नुपर्छ : मन्त्री दाहाल
सडक बनाउने कुरालाई सरकारले उच्च प्राथमिकता दिएको छ : मन्त्री दाहाल
बाढी पहिरो क्षतिको पुनर्निर्माणका लागि २० देखि २५ अर्ब लाग्ने देखियो : मन्त्री दाहाल