मेरा कारण अप्ठ्यारो भएको भए आजैबाट ममाथि अनुसन्धान थाल्नुस् : रवि लामिछाने

सफल खबर संवाददाता

आइतबार, ३० असार २०८१, १३ : ०२
मेरा कारण अप्ठ्यारो भएको भए आजैबाट ममाथि अनुसन्धान थाल्नुस् : रवि लामिछाने

काठमाडौँ । काम चलाउ सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफू मन्त्री भएर आफूमाथि अनुसन्धान गर्न अप्ठ्यारो परेको भए आजैबाट अनुसन्धान गर्न आग्रह गरेका छन् ।

मन्त्रालयबाट बाहिरिँदै गर्दा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफूमाथि पनि विभिन्न प्रश्न उठिरहेको बताए । उनले भने, ‘मेरो विषयमा पनि धेरै कुरा उठेका छन्, यहाँहरू सबै साक्षी हुनुहुन्छ मैले आजसम्म मेरो विषयमा यो गर्नुस् त्यो नगर्नुस् भनेको छैन । न कसैको सरुवा गर्नुस् भनेको छु । न मैले मेरो फाइल कहाँ रहेछ भनेर कुनै माध्यमबाट भनेको छु । तर, पनि मन्त्री भएको कारणले तपाईँहरूलाई केही अप्ठ्यारो परेको रहेछ भने गहन अनुसन्धान गर्नुस् ।’

उनले गल्ती गर्ने जो भए पनि बच्नु बचाउनु नहुने बताए ।

प्रतिक्रिया दिनुहोस