जबरजस्ती करणीको अभियोगमा एक युवक पक्राउ

सफल खबर संवाददाता

विहीबार, २७ असार २०८१, १२ : ३४
जबरजस्ती करणीको अभियोगमा एक युवक पक्राउ

कपिलवस्तु । ५९ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शिवराज नगरपालिका–३ बानियाभार बस्ने ३६ वर्षीय किस्मत मगरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मगरले ती महिलालाई सोही ठाउँ स्थित चम्मरभुजिया जङ्गलमा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय सुन्दरीडाँडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस