घरभित्र जमेको पानीमा डुबेर ७ महिने शिशुको मृत्यु

सफल खबर संवाददाता

सोमबार, २४ असार २०८१, १० : ४५
घरभित्र जमेको पानीमा डुबेर ७ महिने शिशुको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा घर डुबान हुँदा सात महिने शिशुको मृत्य भएको छ। 

कृष्णपुर नगरपालिका -१ पोतिपुरमा घर डुबान हुँदा सात महिने शिशुको मृत्यु भएको प्रहरीले जनाएको छ। सुतिरहेको अवस्था घरभित्र बाढी पस्दा सात महिने शिशु सोलु धानुकको मृत्यु भएको हो।

यसैबीच अविरल वर्षाले कञ्चनपुर सदरमुकाम महेन्द्रनगरसहित अधिकांस बस्ती डुबानमा परेका छन्। 

प्रतिक्रिया दिनुहोस