त्रिभुवन विश्वविद्यालयमा कार्यकर्ता भर्ती गर्ने दिन गए : शिक्षामन्त्री श्रेष्ठ

सफल खबर संवाददाता

आइतबार, २३ असार २०८१, १२ : ४८
त्रिभुवन विश्वविद्यालयमा कार्यकर्ता भर्ती गर्ने दिन गए : शिक्षामन्त्री श्रेष्ठ

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयमा कार्यकर्ता भर्ती गर्ने दिन गएको बताएकी छन् । त्रिभुवन विश्वविद्यालयले त्रिभुवन विश्वविद्यालयका सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम, २०८१ जारी गरेसँगै कार्यकर्ता भर्ती गर्ने दिन गएको बताएकी हुन् ।

उक्त विनियमअनुसार विश्वविद्यालयका डीन, क्याम्पस प्रमुख लगायतका पदमा उम्मेदवारले राजनीतिक दलमा आबद्ध नभएको स्वघोषणा गर्नुपर्ने उल्लेख छ । शिक्षा सुधारको मुख्य अवरोध दलीय राजनीति रहेको उनको ठहर छ ।

समस्या पहिचान भएपछि त्यसको समाधान खोज्नुपर्ने बताउँदै उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्,‘स्वघोषणा गलत ठहरिए पदच्युत हुने गरी कार्यान्वयनमा खुट्टा कमाइएन भने त्रिवि सुधारका लागि यो एउटा युगान्तकारी कदम हुनेछ ।

यो विनियम मस्यौदा जारी गर्ने त्रिवि नेतृत्वप्रति उनले आभार प्रकट गरेकी छन् । नेपालको शिक्षा क्षेत्र र नेपालमै समग्र भविष्यबारे जिम्मेवार सबैले यसमा समर्थन र निरन्तरता दिनुपर्ने उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस