स्याङ्जामा पहिरोमा पुरिएर तीन जनाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, २२ असार २०८१, १९ : ५६
स्याङ्जामा पहिरोमा पुरिएर तीन जनाको मृत्यु

स्याङ्जा । जिल्लाको बिरुवा गाउँपालिका ६ लामाखेतमा आज दिउँसो पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ ।

पहिराले पुरिएर बिरुवा गाउँपालिका–६ माझकोट का ६७ वर्षीया हरिमाया शर्मा, सोही स्थानका ७१ वर्षीय माधव शर्मा र ६५ वर्षीया गुह्येश्वरी शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले बताए ।

प्रतिक्रिया दिनुहोस