काठमाडौँ । वैदेशिक रोजगारीमा हुने ठगीका एक हजार ६०० भन्दा बढी उजुरीमा मेलमिलाप गराइएको छ । वैदेशिक रोजगार विभाग परिसरमा नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले स्थापना गरेको मेलमिलाप कक्षमा पछिल्लो १६ महिनामा एकहजार ६०० भन्दा बढी उजुरीमा मेलमिलाप गराइएको हो ।
संघका सचिव कर्ण कटुवालले इजाजतपत्र प्राप्त म्यानपावर व्यवसायीविरुद्ध आएका उजुरीहरूमा दुवै पक्षबिच मेलमिलाप गराइएको बताए । सङ्घको वर्तमान कार्य समिति कामदारप्रति अत्यन्त संवेदनशील रहेको बताउँदै उनले म्यानपावर व्यवसायीका विरुद्धमा आएका उजुरीमा प्राथमिकताका साथ राखेर विवाद समाधानको पहल गर्दै आएको बताए ।
मेलमिलाप गर्न नमान्ने २०० भन्दा बढी उजुरीलाई कानुन अनुसार कारबाहीका लागि विभाग समक्ष पठाइएको उनको भनाइ छ । सङ्घले मेलमिलापको माध्यमबाट विवाद समाधान गर्ने उद्देश्य सचिव सचिव कटुवालकै संयोजकत्वमा समिति समेत गठन गरेको छ ।
समितिका सदस्यहरू नियमित रूपमा विभागमा उपस्थित भई उजुरीमाथि दुवै पक्षलाई राखेर मेलमिलाप गराउँदै आएका छन् ।
उजुरीमाथि सुनुवाइ नगर्ने म्यानपावर व्यवसायीलाई कानुन अनुसार कारवाहीका लागि विभागलाई पठाउने गरेको उनको भनाइ छ । व्यवसायीका विरुद्धमा प्रहरीमा परेका उजुरीहरूमा समेत समितिले समन्वय गर्दै आएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ असार २०८१, १४ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
वैदेशिक रोजगार न्यायाधिकरण भक्तपुर सर्दै
वैदेशिक रोजगार बोर्डको अनलाइनमा समस्या