काठमाडौं। राष्ट्रियसभाका सांसदहरूले बाढीपीडितलाई समयमै राहत दिन सरकारसँग माग गरेका छन् । राष्ट्रियसभाको बिहीवारको बैठकको शून्य समयमा उनीहरूले प्राकृतिक विपद्बाट पीडित भएकालाई चाँडोभन्दा चाँडो राहतका साथै बसोबासको प्रबन्ध मिलाउन जोड दिए ।
राष्ट्रियसभा सदस्य सुमित्रा बीसीले बाढीपहिरो जस्ता प्राकृतिक विपद्बाट पीडितलाई राहत उपलब्ध गराउनु राज्यको दायित्व भएको बताइन् । उनले गत कात्तिकमा जारजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट पीडितलाई हालसम्म राहत उपलब्ध नगराएको, पालमुनी बस्दा दैनिक जीवन कष्टकर बनेकाले यसतर्फ सरकारको ध्यानाकर्षण गराइन् ।
सांसद शारदादेवी भट्टले सरकार बाढीपहिरो आउनुपूर्व उद्धार र राहतको तयारीमा जुट्नुपर्ने बताइन् ।सांसद तुलसाकुमारी दाहालले विद्यालय शिक्षा कमजोर बन्दै गइरहेको भन्दै शैक्षिक अवस्था सुधार गर्न सरोकारवाला गम्भीर हुनुपर्नेमा जोड दिइन् ।सांसद मृगेन्द्रसिंह यादवले किसानले सुलभ रुपमा मल पाउनुपर्ने बताए ।
यसैबीच बिहीवार विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न शीर्षकमध्ये विभिन्न मन्त्रालयका विषयमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यतालिका छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ असार २०८१, १४ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिंहदरबारमा भएको आगलागी भएको विषयमा सांसदले गराए सरकारको ध्यानाकर्षण
सांसदको चासो– ट्रम्प प्रशासनबाट निष्काशनमा पर्ने नेपालीको उद्धार होस्
अतिरिक्त शुल्कको मार : डिजिटल भुक्तानी निःशुल्क गर्न सांसदको ध्यानाकर्षण
अन्तरजातीय विवाह गर्नेलाई प्रोत्साहन नभएको सांसदको गुनासो
सुमनाको प्रश्न-सरकारले युवाको आवाज सुन्छ ?
अध्यादेशको पक्षमा उभिन काँग्रेस-एमालेले लगाए सांसदलाई ह्विप