काठमाडौं। जेरुसेलम–इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आफ्नो देश गाजापट्टीमा हमासको सशस्त्र बललाई उन्मूलन गर्ने अन्तिम चरणमा रहेको दाबी गरेका छन् ।
नेतन्याहूले हमासको उन्मूलन गर्ने दिशामा आफू अघि बढिरहेको दाबी इजरायलको राष्ट्रिय सुरक्षा कलेजका क्याडेटसँगको बैठकमा साेमवार गरेका हुन् ।
यसअघि नेतन्याहूले गाजा डिभिजनको भ्रमण गरी रक्षामन्त्री योव ग्यालेन्ट र सेनाका वरिष्ठ कमान्डसँग सुरक्षा मूल्याङ्कन बैठक गरेका थिए । त्यसको एक दिनपछि नेतन्याहूको यस्तो भनाइ आएको हो । राफाह लडाइँमा जोड दिँदै हमासमाथि सैन्य दबाबको निरन्तरता कायम राख्ने नेतन्याहूको सचिवालयले जनाएको छ ।
इजरायलले अप्रिलको शुरूमा खान युनुसमा ठूलो आक्रमण गर्दै पछि आफ्ना अधिकांश सेना फिर्ता लिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ असार २०८१, १४ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गाजामा युद्धविरामका लागि वार्ता गर्न इजरायलका प्रधानमन्त्री सहमत