ट्याक्टर पल्टिँदा चालकको मृत्यु

सफल खबर संवाददाता

सोमबार, १७ असार २०८१, ०७ : ००
ट्याक्टर पल्टिँदा चालकको मृत्यु

सर्लाही ।  सर्लाहीको हरिवनमा खेत जोतिरहेको ट्याक्टरमा च्यापिएर चालकको मृत्यु भएको छ।

हरिवन नगरपालिका–१ पटौनामा शनिबार दिउँसो धान रोपाइँका लागि खेत जोत्दै गरेको ज १ त ५७५७ नम्बरको ट्याक्टर पल्टिएर च्यापिँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मृत्यु हुनेमा हरिवन नगरपालिका–२ अत्रौली घर भएका ५० वर्षीय सहदेव राउत रहेका छन्। खेत जोतिरहेको बेला ट्याक्टर अनियन्त्रित भएर पल्टिँदा रोडाभेटरमा च्यापिएर उनको घटनास्थलमै मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस