क्यानडा कोपा अमेरिकाको क्वाटरफाइनलमा

एजेन्सी

आइतबार, १६ असार २०८१, ०८ : ५१
क्यानडा कोपा अमेरिकाको क्वाटरफाइनलमा

एजेन्सी । क्यानडा कोपा अमेरिकाको क्वाटरफाइनलमा पुगेको छ ।

समुह चरणको अन्तिम खेलमा चिलीसँग गोल रहित बराबरी खेलेसँगै क्यानडा प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।

क्यानडाको ३ खेलमा ४ अंक रहेको छ र समुहमा दोस्रो हुदै क्वाटरफाइनलमा पुगेको छ । यो बराबरीसहित चिली कोपा अमेरिकाबाट बाहिरिएको छ ।

त्यस्तै समुह ए को अर्को खेलमा पेरु अर्जेन्टिनासँग २-० ले पराजित भएसँगै समुहमा ३ खेलमा एक अंकसहित चौथो भएर बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस