चितवन । भरतपुर महानगरपालिकाले राष्ट्रिय समाचार समिति(रासस) भरतपुर कार्यालयलाई आज एक थान क्यामरा उपलब्ध गराएको छ ।
क्याननको ८०० डि मोडलको सो क्यामरा रु ९८ हजार ५०० मा खरिद गरी राससलाई उपलब्ध गराइएको हो । महानगरका प्रमुख रेनु दाहालले रासस भरतपुरका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीलाई क्यामरा हस्तान्तरण गर्नुभएको हो ।
सो अवसरमा प्रमुख दाहालले आगामी दिनमा दुई संस्थाका बीचमा सहयोग आदानप्रदान जारी रहने बताउनुभयो । महानगरपालिकाले यसअघि पनि रासस भरतपुर कार्यालयलाई विभिन्न उपकरण सहयोग गर्दै आएको छ ।
सोही अवसरमा राससका कार्यकारी अध्यक्ष हरिहर अधिकारी श्यामलले महानगर प्रमुख दाहालललाई टेलिफोनबाट धन्यवाद ज्ञापन गर्नुभएको थियो । अध्यक्ष श्यामलले महानगरको समृद्धिका लागि राससले रचनात्मक सहयोग गर्ने बताउनुभयो । (रासस)
प्रतिक्रिया दिनुहोस