रौतहट । रौतहटमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम गौर चन्दरनिगाहपुर सडक खण्ड अन्तर्गत गरुडा नगरपालिका जयनगर चोक नजिकै भएको दुर्घटनामा ८ जना घाइते भएका छन् ।
गौरबाट भैरहवातर्फ गइरहेको ना ७ ख ८४१४ नम्बरको बस जयनगर चोकमा शनिवार बिहान ८ बजे अनियन्त्रित भई दुर्घटना हुँदा माधवनारायण नगरपालिका ३ भेल्हीका शैलेन्द्रकुमार गिरीकी १८ बर्षिया छोरी नेहाकुमारी गिरीको मृत्यु भएको हो ।
दुर्घटनामा गिरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रामेश्वर त्वातीले बताए । दुर्घटना लगत्तै इलाका प्रहरी कार्यालय गरुडा र शिवनगरबाट गएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरेर उपचारको लागि स्थानीय अस्पतालमा पठाइएको छ ।
दुर्घटनामा २६ वर्षिया रन्जुदेवी दासको दाहिने हात भाँचिएको र उनको उपचार ग्राण्डी अस्पताल गरुडामा भइरहेको जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी एलिजा गिरीले बताइन् । अन्य सात घाइतेहरूको शिवनगर र गरुडामा उपचार भइरहेको छ । दुर्घटनापछि बसका चालक र सहचालक फरार रहेको प्रहरीले जनाएको । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ असार २०८१, ११ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रौतहटमा हात्तीको उपद्रोबाट स्थानीय त्रसित
रौतहटमा उपनिर्वाचन : ३ वडामा सवारी साधन र आवागमनमा रोक
विद्यालयमा गर्मीले विद्यार्थी बेहोस हुन थालेपछि रौतहटमा बिहानमा कक्षा सञ्चालन
रौतहटमा विपद्को घटना: १ वर्षमा ३८ को मृत्यु, १ बेपत्ता
रौतहटको धनसर–जंगलसैया–कटहरिया सडक कालोपत्रे
रौतहटमा दुई जनाको शव फेला, एक जना बेपत्ता