गुल्मी पहिरो अपडेट : घरसँगै पहिरोमा पुरिएका परिवारका पाँचै जना मृत फेला

सफल खबर संवाददाता

शनिबार, १५ असार २०८१, ११ : ०८
गुल्मी पहिरो अपडेट : घरसँगै पहिरोमा पुरिएका परिवारका पाँचै जना मृत फेला

गुल्मी । गुल्मीमा पहिरोले गए राति घर पुरिँदा एकै घरका पाँच जनाको मृत्यु भएको छ।

मालिका गाउँपालिका–६ कँडेलपाटाका भेषबहादुर विकको घर पहिरोले पुरिँदा उनीसहित श्रीमती सुन्तली, बुहारी सीता, नातिनी विपना र सपनाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलका अनुसार पहिरोमा पुरिएर बेपत्ता भएका पाँचैजनाको शव प्रहरी र स्थानीयको सहयोगमा निकालिएको छ।

घटनापछि सदरमुकाम तम्घासबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली उद्धारका लागि घटनास्थलमा गएको थियो।

प्रतिक्रिया दिनुहोस