स्याङ्जामा पहिरोले घर बगाउँदा आमा-छोरीको मृत्यु

सफल खबर संवाददाता

शनिबार, १५ असार २०८१, ०९ : ५९
स्याङ्जामा पहिरोले घर बगाउँदा आमा-छोरीको मृत्यु

स्याङ्जा । स्याङ्जाको फेदीखोलामा पहिरोले घर बगाउँदा आमाछोरीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डीएसपी इन्द्रबहादुर रानाका अनुसार फेदीखोला गाउँपालिका- ५ मा गएराति साढे ११ बजे पहिरोले घर बगाउँदा ३१ वर्षीया दुर्गा जिटी र उनकी तीन वर्षीया छोरी निकिसादेवीको मृत्यु भएको हो।

राति घरभित्र सुतिरहेको बेला २५ मिटर माथिबाट खसेको पहिरोले घर पुरिँदा आमा-छोरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस