मोरङको केराबारीमा बाढीले बगाएर १ जनाको

सफल खबर संवाददाता

बुधबार, १२ असार २०८१, १६ : ०६
मोरङको केराबारीमा बाढीले बगाएर १ जनाको

विराटनगर। मोरङको केराबारीमा बाढीले बगाएर १ जनाको मृत्यु भएको छ ।केराबारी गाउँपालिका-४ स्थित गोगुने खोलामा आएको बाढीले बगाउँदा ११ वर्षीय श्याम राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

चित्रबहादुर राईका ११ वर्षीय छोरा श्यामलाई मंगलबार बिहान साथीहरूसँग स्कूल जाने क्रममा बाढीले बगाएको थियो ।

 

 

 

 

 

खोज तलासको क्रममा ​बुधबार दिउँसो खोला किनारमा उनको शव फेला परेको हो ।​उनीसँगै विद्यालय जाँदै गरेका १४ वर्षीय भरत राई, १३ वर्षीय अनुप राना, १२ वर्षीय प्रवीण राई र १२ वर्षीय अर्पन लिम्बूलाई पनि खोलाले बगाएको थियो ।​

 

 

तर उनीहरूलाई स्थानीय र प्रहरीको सहयोगमा सकुशल उद्धार गरेर आफन्तलाई जिम्मा लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस