ओखलढुंगामा पनि पहिरोले घर बगायो, १ जनाको मृत्यु, २ घाइते

सफल खबर संवाददाता

बुधबार, १२ असार २०८१, ०८ : ४५
ओखलढुंगामा पनि पहिरोले घर बगायो, १ जनाको मृत्यु, २ घाइते

काठमाडौ । ओखलढुंगामा पहिरोले घर बगाउँदा एक जनाको मृत्यु भएको छ। पहिरोमा परेर दुई जना घाइते भएका छन्। 

चिशंखुगढी गाउँपालिका–५ शेर्नामा पहिरोले घर बगाउँदा ३५ वर्षीया देवकुमारी खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।

गएराति करिब २ बजे पहिरोले घर बगाउँदा घरमूली (मृतक महिलाका पति) बाबुराम खत्री र छोरी मेनुका खत्री घाइते भएका छन्।

प्रतिक्रिया दिनुहोस