कास्कीमा पहिरोमा परी दुई जनाको मृत्यु

सफल खबर संवाददाता

बुधबार, १२ असार २०८१, ०८ : ०९
कास्कीमा पहिरोमा परी दुई जनाको मृत्यु

File pic

पोखरा । भारी वर्षापछि गएको पहिरोमा परी कास्कीमा २ जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मादी गाउँपालिकाकी १३ वर्षीय आयुश्मा रानाभाट र पोखरा महानगरका ३ वर्षीय अनमोल सुनार रहेको प्रहरीले जनाएको छ । 

भारी वर्षा भइरहेकाले सचेत रहन प्रशासनले सर्वसाधारणलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस