लमजुङमा पहिरोले ३ घर बगायो, ३ जना बेपत्ता

सफल खबर संवाददाता

बुधबार, १२ असार २०८१, ०७ : ५१
लमजुङमा पहिरोले ३ घर बगायो, ३ जना बेपत्ता

काठमाडौँ । लमजुङमा पहिरोले घर बगाउँदा एकै परिवारका ३ जना बेपत्ता भएका छन् ।

क्व्होलासोथार गाउँपालिका–३ पच्यु टोलमा आज बिहान गएको पहिरोले तीनवटा घर बगाउँदा तीन जना बेपत्ता भएको गाउँपालिका उपाध्यक्ष गमी माया गुरुङले जानकारी दिइन् ।

आज बिहान पौने ५ बजे पहिरो गएको गुरुङको भनाइ छ । पहिरोमा परी एक जना घाइते भएकोमा उनी खतरामुक्त रहेको बताइएको छ । 

नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरीसँगै स्थानीयको सहयोगमा बेपत्ताको खोजी कार्य जारी रहेको छ । 

प्रतिक्रिया दिनुहोस