कृषि मिटरको विद्युत् महसुल नगरपालिकाले तिरिदिने

सफल खबर संवाददाता

मंगलबार, ११ असार २०८१, १५ : ०६
कृषि मिटरको विद्युत् महसुल नगरपालिकाले तिरिदिने

सप्तरी। सप्तरीको बोदेबरसाइन नगरपालिकाले कृषि मिटरको विद्युत् महसुल बेहोर्ने निर्णय गरेको छ ।नगरपालिकाले ११औं नगरसभाबाट सिँचाइ र मलखादको अभाव झेल्दै आएका किसानले प्रयोग गर्ने कृषि मिटरको विद्युत् महसुल बेहोर्ने निर्णय गरेको हो ।

कृषिमा आत्मनिर्भर बनाउन विद्युत् महसुल नगरपालिकाले नै तिरिदिने निर्णय गरेको नगर प्रमुख आतेशकुमार सिंहको भनाइ छ ।कृषि विद्युतीकरणमा नगरपालिकाले ७० प्रतिशत काम पूरा गरिसकेको र बाँकी ३० प्रतिशत काम छिट्टै सम्पन्न गर्ने उनको भनाइ छ ।

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस