काठमाडौँ । सरकारले आइतबार निलम्बनमा परेका मुख्य सचिव बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा विशेष पद सिर्जना गरेर त्यता सरुवा गर्ने निर्णय गरेको छ। आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।
निर्णयहरु :
१. नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएकोमा प्रचलित कानुन बमोजिम निज स्वतः निलम्बन हुनुभएको छ । हाललाई राष्ट्रिय योजना आयोगमा रा.प. विशिष्ठ श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरी निजलाई उक्त पदमा सरुवा गर्ने ।
२. आव २०८०/८१ मा स्थानीय तहलाई हस्तान्तरण हुन बाँकी वित्तीय समानीकरण अनुदानको रकम हस्तान्तरण गर्ने । रु. ८७ अर्ब ३५ करोड २९ लाख विनियोजन भएकोमा ९३ प्रतिशत हुने गरी बाँकी रकम १६ अर्ब ९९ करोड २२ लाख तत् तत् स्थानीय तहमा हस्तान्तरण गर्ने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ असार २०८१, १२ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्रिपरिषद् बैठक बस्दै
सशस्त्र र नेपाल प्रहरी विधेयक संसदमा पेस गर्न मन्त्रिपरिषद्ले दियो स्वीकृति
सामान्यसहित दर्जन बढी सचिवको सरुवा गर्ने सरकारको निर्णय
विशिष्ट संरचना सञ्चालन समितिको कार्यकारी निर्देशकमा सहसचिव शर्मा
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय
मन्त्रिपरिषद बैठक बस्दै