रुकुम । रुकुमपूर्वमा भीर मौरीको टोकाइबाट १३ जना घाइते भएका छन् । मौरीको टोकाइबाट जिल्लाको भूमे गाउँपालिका–६ खाम्दीमा रहेको जनचेतना आधारभूत विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावक घाइते भएका हुन् ।
आइतबार बिहान विद्यालयमा प्रार्थना गर्ने समयमा एक्कासि आएको भीर मौरीले टोक्दा विद्यार्थी, शिक्षक र अभिभावक घाइते भएको स्वास्थ्य चौकी रुकुमपूर्वका अहेव हेमराज ओलीले जानकारी दिए । घाइतेमध्ये तीन जनाको अवस्था जटिल रहेको उनले बताए ।
उनका अनुसार मैरीको टोकाइबाट गम्भीर घाइते हुनेमा विद्यालयका प्रधानाध्यापक दिलकुमारी रोका, १० वर्षीय विद्यार्थी नरमान रोका र उनकी आमा रुचि रोका छन् ।
उनीहरूलाई सामान्य उपचारपछि जिल्ला अस्पताल रुकुमकोट रेफर गरिएको अहेव ओलीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ असार २०८१, ०७ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘मौरी मर्नुको कारण परिजीवी, विषादी र कुपोषण’
घारमा नै मौरी धमाधम मर्न थालेपछि विज्ञटोली जुम्लामा
मौरी जोनले चितवनका कृषक उत्साहित