जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौँबाट एक जना पक्राउ

सफल खबर संवाददाता

आइतबार, ०९ असार २०८१, १३ : २५
जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौँबाट एक जना पक्राउ

काठमाडौं । १९ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-३१ शंखमुल बस्ने भारत बिहार राज्य मोतिहारी घर भएका ३० वर्षीय धर्मेन्द्र जैसवाललाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

जैसवालले ती किशोरीलाई काठमाडौं महानगरपालिका-१० नयाँ बानेश्‍वरस्थित सस्तो बजारमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त नयाँ बानेश्‍वरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ

प्रतिक्रिया दिनुहोस