काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा आर्थिक बर्ष २०८१/८२ का लागि विभागहरुले प्रस्ताव गरेका कार्यक्रम र वार्षिक बजेटका विषयमा छलफल भइरहेको छ ।
विभागले विषयगत समितिमा छलफल गरेर छलफलका लागि बजेट तथा कार्यक्रम पेश गरेका हुन् । बैठकमा विषयगत समितिका संयोजकहरु थिए । प्रस्तावमाथि सबै वडाध्यक्षको पृष्ठपोषण लिनका लागि आज सबै वडाध्यक्षहरुलाई छलफलमा आमन्त्रण गरिएको, समितिका संयोजक डंगोलले जानकारी दिइन् ।
हिजो प्रशासन विभाग, कृषि तथा पशुपन्छी विभाग, सूचना प्रविधि, वातावरण व्यवस्थापन विभाग, आन्तरिक लेखा परीक्षण एकाइ, खरिद एकाइ, हनुमान ढोका दरबार संरक्षण कार्यक्रमसहितका विभागका प्रस्तावमाथि छलफल भयो । आज सहरी योजना आयोग, सामाजिक विकास विभाग, सार्वजनिक निर्माण विभागसहित विभाग, आयोजना तथा सचिवालयका प्रस्तावमाथि छलफल हुनेछ ।
नगर सभाको १५ औँ अधिवेशनअन्तर्गत सभामा नीति पेश भइसकेको छ । अधिवेशनको अर्को बैठक असार १० गते बस्ने कार्यक्रम छ । बैठकमा आर्थिक तथा विनियोजन विधेयकहरु पेश हुनेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ असार २०८१, १५ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगरले आजदेखि खाद्य गुणस्तर परीक्षण गर्ने
काठमाडौँ महानगरले कवाड संकलन केन्द्रमा चलायो डोजर
बालेनका स्वकीय सचिव र महानगर प्रहरी प्रमुख पाण्डेलाई कारवाही गर्न माग
एमालेलाई इमेलमा पठायो महानगरले जरिवानाको पत्र
काठमाडौं महानगरले आवासीय क्षेत्रका कवाडी व्यवसाय दर्ता/नवीकरण नगर्ने
काठमाडौँ महानगरले तीन ठाउमा साफ फाइनल एलइडी स्क्रिनबाट देखाउने