काठमाडौं। मस्को– युक्रेनले प्रक्षेपण गरेका ११४ वटा ड्रोनलाई निष्क्रिय बनाएको रुसी अधिकारीले दाबी गरेका छन् । यस घटनामा परेर एक व्यक्तिको मृत्यु भएको पनि उनीहरूले शुक्रवार जानकारी दिएका छन् ।
रुसी हवाई हतियार प्रतिरक्षा प्रणालीले क्रिमिया र ब्ल्याक सी क्षेत्रमा ७० ड्रोन, क्रास्नोडार क्षेत्रमा ४३ ड्रोन र भोल्गोग्राडमा एक ड्रोनलाई रोकेर नष्ट गरेको रक्षा मन्त्रालयले विज्ञप्तिमा जनाएको छ ।
साथै क्रास्नोडारमा, युज्नी रेल स्टेशन नजिकैको सैन्य सुविधामा ड्रोन प्रहार गर्दा पानी तातो पार्ने स्टेशनका एक कर्मचारीको मृत्यु भएको क्रास्नोडार क्षेत्रीय गभर्नर वेन्यामिन कोन्ड्रातयेभले टेलिग्राममा बताए ।
दुई वर्षभन्दा बढी समयदेखि रुसको आक्रमणसँग आक्रान्त भएको युक्रेनले हालैका महिनामा ऊर्जास्थलहरूलाई लक्षित गर्दै रुसी क्षेत्रमा प्रत्याक्रमण बढाएको छ ।ऊर्जा पूर्वाधारमा लक्षित रुसी मिसाइल र ड्रोन आक्रमणले युक्रेनको बिजुली उत्पादन क्षमतालाई कमजोर बनाएको छ । यसले गर्दा उ युरोपेली सङ्घबाट बिजुली आयात गर्न बाध्य भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ असार २०८१, १४ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनले गरेको ड्रोन आक्रमणमा रुसी पत्रकारको मृत्यु, सात घाइते
ड्रोनबाट सामान ढुवानी
इजरायलमा ड्रोन आक्रमण : ४ सैनिकको मृत्यु, ६० जनाभन्दा बढी घाइते
काभ्रेको बाढी पिडित गाउँमा ड्रोनमार्फत खाद्यान्न ढुवानी
युक्रेनको रुसमाथि १४४ ड्रोनबाट आक्रमण
त्रिशूलीमा बस बेपत्ता : पानीभित्र हेर्न मिल्ने ड्रोन क्यामरा प्रयोग गरेर खोजीकार्य शुरु