मक्का पुगेका ५७७ हज यात्रीको गर्मीका कारण मृत्यु

एजेन्सी

विहीबार, ०६ असार २०८१, ०९ : ४२
मक्का पुगेका ५७७ हज यात्रीको गर्मीका कारण मृत्यु

एजेन्सी । साउदी अरेबियाको मक्कामा जुन १२ देखि जुन १९ सम्म गर्मीका कारण ५७७ हज यात्रीको मृत्यु भएको छ । गत वर्ष यो संख्या २४० थियो । जुन १७ मा मक्काको ग्रान्ड मस्जिदमा ५१.८ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको थियो।

द गार्डियनको रिपोर्टका अनुसार मारिनेमा ३२३ इजिप्टका र ६० जना जोर्डनका नागरिक थिए । यसबाहेक इरान, इन्डोनेसिया र सेनेगलका हज यात्रीको पनि मृत्यु भएको छ । साउदी कूटनीतिज्ञले बताए  अनुसार अधिकांश मृत्यु गर्मीका कारण बिरामी परेका कारण भएको हो ।

इजिप्टका विदेशमन्त्रीले मङ्गलबार साउदी अधिकारीहरूसँगको सहकार्यमा बेपत्ताको खोजी अभियान चलाएको बताए । गर्मीका कारण बिरामी परेका करिब २ हजार हजयात्रीको उपचार भइरहेको साउदी अरेबियाले जनाएको छ ।

जुन १७ मा मक्काको ग्रान्ड मस्जिदमा ५१.८ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको थियो । साउदी अरेबियाका अधिकारीहरुका अनुसार मक्कामा जलवायु परिवर्तनको गहिरो असर परिरहेको छ । यहाँको औसत तापक्रम हरेक १० वर्षमा ०.४ डिग्री सेल्सियसले बढिरहेको छ ।

अघिल्लो वर्ष २४० हज यात्रीको मृत्यु भएको थियो । तीमध्ये अधिकांश इन्डोनेसियाका थिए । साउदीले सबै यात्रुलाई छाता प्रयोग गर्न सल्लाह दिएको छ । यस बाहेक उनीहरुलाई लगातार पानी पिउन र घामबाट बच्न भनिएको छ ।

यद्यपि, माउन्ट अराफातमा पूजासहित अधिकांश हज अनुष्ठानहरू दिनको समयमा गरिन्छ । यसका लागि हजयात्रीहरूले लामो समय बाहिर घाममा बस्नुपर्ने हुन्छ । हजका क्रममा सडक छेउमा विरामी यात्री देख्ने गरेको हज यात्रीहरुले बताएका छन् । धेरैको ज्यान गएको छ । हज रुटमा एम्बुलेन्सको भीड लाग्ने गरेको छ ।

यस वर्ष करिब १८ लाख हज यात्री हजका लागि पुगेका छन् । जसमध्ये १६ लाख अन्य देशका छन् । हरेक वर्ष हजारौं तीर्थयात्री हज गर्न जाने गर्छन् जससँग भिसा छैन। पैसाको अभावमा यस्ता यात्री गलत बाटो भएर मक्का पुग्छन् ।

प्रतिक्रिया दिनुहोस