काठमाडौं। नेकपा एमालेका सांसद भीम आचार्यले नेपालको खेलकुद क्षेत्र पञ्चायतकालदेखि नै ट्रयाकबाहिर गएको बताएका छन् ।प्रतिनिधि सभाको बैठकमा बुधबार युवा तथा खेलकुद मन्त्रालयको बजेटमाथिको छलफलमा भाग लिँदै आचार्यले डि-ट्रयाक्ट भएको खेल क्षेत्रलाई ट्रयाकमा ल्याउनुपर्ने बताएका हुन् ।
‘डि-ट्रयाक्ट भएको खेल क्षेत्रलाई ट्रयाकमा ल्याउनुपर्छ । तर मन्त्रीले निराशाजनक रुपमा राजीनामा दिने कुरा गर्नुभयो । यसरी हरेस खाएर हुँदैन । समस्या समाधानमा लाग्नुपर्छ,’ आचार्यले भने, ‘खेलकुदमा पञ्चायतदेखि मनपरीतन्त्र थियो । शरदचन्द्र शाहको पालादेखिको समस्या हो ।
पछिल्लो समय पनि धेरै अनियमितता र दुरुपयोगको विषय बाहिर आएका छन् । छानबिन गरेर दोषीलाई सजाय दिनुपर्छ ।’शिक्षाको विकास नभइ केही पनि विकास भन्दै उनले संरचनागत सुधारमा ध्यान दिन आवश्यक भएको बताए ।
‘शिक्षामा सामान्य सुधार गरेर पुग्दैन स्टन्टले पनि हुँदैन । संरचनागत सुधारको आवश्यकता छ,’ आचार्यले भने ।
खेलकुद क्षेत्रको विकासको लागि प्रत्येक प्रदेशमा एउटा खेल कलेज आवश्यक पर्ने उनले बताए । त्यस्तै, जिल्लादेखि विद्यालय तहसम्मै खेलका पूर्वाधार बनाउन सके खेलकुदमा निरन्तर फड्को मार्न सकिने उनले बताए ।
खेल क्षेत्रमा शिक्षण, प्रशिक्षण, राम्रा खेलाडी उत्पादन, पलायन रोक्ने, मोटिभेसनका कार्यक्रम ल्याउन अति नै आवश्यक भएको उनको भनाइ छ ।
सरकारले ल्याएको बजेटले बजेटले सन्तुलन कायम गराउन सकेको पन उनले बताए । ‘हामी सत्तामै भएकोले बजेट पास गर्छौं तर बजेटका विषयमा सरकार, मन्त्री सच्चिनुपर्छ,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ असार २०८१, १४ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप क्रिकेटमा क्यानले अनियमितता गरेको भन्दै छानबिन आयोग गठन गर्न माग