टी–२० विश्वकपमा बन्यो दुर्लभ रेकर्ड

सफल खबर संवाददाता

मंगलबार, ०५ असार २०८१, १२ : ४१
टी–२० विश्वकपमा बन्यो दुर्लभ रेकर्ड

काठमाडौं। टी–२० विश्वकप क्रिकेटमा बलिङतर्फ दुर्लभ रेकर्ड बनेको छ ।सोमबार न्युजिल्यान्डका तीव्र गतिका बलर लकी फर्गुसनले अहिलेकसम्मकै इतिहासमा सबैभन्दा किफायती बलिङको रेकर्ड बनाएका हुन् ।

विश्वकपको सुपर ८ बाट बाहिरिसकेको न्युजिल्यान्डका लागि समूह सीमा फर्गुसनले पपुवा न्युगिनीविरुद्ध यस्तो दुर्लभ रेकर्ड बनाएका हुन् ।​फर्गुसनले ४ ओभर बलिङ गर्दा ४ मेडन (एक रन पनि नदिइ) राख्दा ३ विकेट लिएका हुन् ।

उनले चार ओभरमा कुनै रन नदिएका हुन् । जुन आफैंमा दुर्लभ स्पेल हो । यो टी–२० इन्टरनेसनलमा पनि सबैभन्दा किफायती बलिङको रकेर्ड हो ।न्युजिल्याण्डले १९.४ ओभरमा पपुवा न्युगिनीलाई ७८ रनमा समेटेको थियो । जवाफी ब्याटिङमा उत्रिएको न्युजिल्याण्डले १२.२ ओभरमै ३ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

 

समूह सीमा रहेको न्युजिल्यान्ड ४ अंक जोडेर तेस्रो स्थानमा रहँदा सुपर ८ मा पुग्न असफल भयो । यो समूहबाट वेस्ट इण्डिज र अफगानिस्तान ६ अंकसहित सुपर ८ मा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस