सरकारी जागिरमा आकर्षण, ३ हजार पदका लागि ४ लाख ८३ हजारको आवेदन

पत्रपत्रिकाबाट

मंगलबार, ०४ असार २०८१, ०८ : ०८
सरकारी जागिरमा आकर्षण, ३ हजार पदका लागि ४ लाख ८३ हजारको आवेदन

काठमाडौ । लोकसेवा आयोगले लिने परीक्षामा गत वर्ष आवेदन दिनेहरूको संख्या ह्वात्तै बढ्यो । यसले सरकारी सेवामा युवायुवतीको लोभलाग्दो आकर्षण देखिएको पुष्टि गरेको छ।

सरकारी सेवामा कर्मचारी छनोटको जिम्मेवारीमा रहेको लोकसेवा आयोगले आर्थिक वर्ष २०७९\८० मा सरकारी सेवाका विभिन्न ३ हजार ३ सय ५७ पदका लागि गरेको विज्ञापनका लागि ४ लाख ८३ हजार २ सय ३ जनाले आवेदन दिएका छन्।

यसरी आवेदन दिनेमा महिला २ लाख २७ हजार ६ सय २२ जना र पुरुष २ लाख ५५ हजार ५८१ जना रहेका छन्।

लोकसेवा आयोगको परीक्षामा आवेदन दिएकाहरूको यो संख्या अघिल्लो वर्षभन्दा ३२.२३ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षमा विभिन्न पदका लागि ३ लाख ६५ हजार ४ सय ३४ जनाले आवेदन दिएका थिए। गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस