काठमाडौँ । काठमाडौँ महानगर विरुद्ध कबाड व्यवसायी संघर्ष समितिले काठमाडौँमा प्रदर्शन गरेको छ । आइतबारदेखि सुरु गरेको सडक प्रदर्शनलाई सोमवार पनि निरन्तरता दिएका हुन् । उनीहरूले काठमाडौँ महानगरपालिकाले गरेको रिङरोड भित्रबाट कबाड हटाउने निर्णय विरुद्ध विरोध प्रदर्शन गरेका हुन् ।
कबाड व्यवसायीहरूले सोमवार पनि माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका छन् । कबाड व्यवसायीहरूले प्रदर्शनमा छोटे राजाहरूको आतङ्क बन्द गर, कबाड व्यवसायीको रक्षा गर, कानूनी शासन लागू गर, अदालतको निर्णयको सम्मान गरजस्ता नारासहित प्लेकार्ड समेत प्रदर्शन गरेका हुन् । रिङरोडभित्रका कबाड हटाउने काठमाडौँ महानगरपालिकाको निर्णय नसच्याएसम्म प्रदर्शन जारी राख्ने समितिले जनाएको छ ।
कबाड व्यवसायलाई विस्थापित गर्ने उद्देश्यले रिङरोडभित्रका कबाड हटाउन लागिएको भन्दै व्यवसायीहरूले आन्दोलन गर्नुपरेको बताएका छन् । महानगरले यसअघि माइकिङ गरेर कबाड संकलन केन्द्र हटाउन सूचना गरेको थियो । तर कबाड व्यवासयीले कबाड संकलन केन्द्र हटाउन नमानेपछि महानगरले डोजर समेत चलाएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ असार २०८१, १३ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगरले आजदेखि खाद्य गुणस्तर परीक्षण गर्ने
काठमाडौँ महानगरले कवाड संकलन केन्द्रमा चलायो डोजर
बालेनका स्वकीय सचिव र महानगर प्रहरी प्रमुख पाण्डेलाई कारवाही गर्न माग
एमालेलाई इमेलमा पठायो महानगरले जरिवानाको पत्र
काठमाडौं महानगरले आवासीय क्षेत्रका कवाडी व्यवसाय दर्ता/नवीकरण नगर्ने
काठमाडौँ महानगरले तीन ठाउमा साफ फाइनल एलइडी स्क्रिनबाट देखाउने