पहिरोले अवरुद्ध मुग्लिङ-नौबिसे सडक खण्ड खुल्यो

सफल खबर संवाददाता

सोमबार, ०३ असार २०८१, ०८ : ३३
पहिरोले अवरुद्ध मुग्लिङ-नौबिसे सडक खण्ड खुल्यो

काठमाडौं । पहिरो गएपछि अवरुद्ध भएको मुग्लिङ सडक सञ्चालनमा आएको छ ।

आइतबार राति वर्षासँगै आएको पहिरोले पृथ्वी राजमार्गको मुग्लिङ-नौबिसे सडक खण्ड अवरुद्ध भएको थियो ।

रातिदेखिको प्रयासमा सडकमा खसेको लेदो हटाएर दुईतर्फी सडक सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालय मुग्लिङकी प्रमुख निरला भण्डारीले जानकारी दिइन् ।

इच्छाकामना-३ फिस्लिङ र मौवाखोलाको बीचमा पहिरो खसेको थियो । पहिरो गएलगत्तै रातिदेखि नै लेदो पन्छाउने काम सुरु गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस