काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको छ । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो ।
घटेको मूल्य शनिबार राति १२ बजेदेखि लागू हुनेछ । मूल्य घटेपछि काठमाडौँ, पोखरा र दिपायल वरपर पेट्रोलको मूल्य प्रतिलिटर १६५ कायम भएको छ । त्यस्तै सुर्खेत र दाङ वरपर प्रतिलिटर १६४, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर प्रतिलिटर १६२ कायम भएको छ ।
त्यस्तै डिजल र मट्टीतेलमा काठमाडौँ, पोखरा र दिपायल वरपर प्रतिलिटर १५२, सुर्खेत र दाङ वरपर १५१ र चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर १४९ रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ असार २०८१, २० : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल आयल निगम रूपन्देहीको प्रादेशिक इन्धन डिपोको डीपीआर अन्तिम चरणमा
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
पेट्रोलको मूल्य बढ्यो
पेट्रोलियम पदार्थको मूल्य घट्यो
नेपाल आयल निगमले माग्यो विभिन्न पदका लागि कर्मचारी (सूचना सहित)
पेट्रोलियम पदार्थको मूल्य घट्यो