सिरहा । सिरहामा मोटरसाइकल दुर्घटना दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी पञ्चकुमार बाकुले जानकारी दिए ।
आफैले चलाएको स ६ प ४७५३ नम्बरको मोटरसाइकल अत्यधिक गतिका कारण दुर्घटना हुँदा नरहा गाउँपालिका १ देवीपुरका करिब २५ वर्षीय सीताराम दासको उपचारको मृत्यु भएको हो ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत नरहा गाउँपालिका ३ नयाँ चोहर्वादेखि पश्चिम अत्यधिक गतिमा चार जना सवार मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको डीएसपी पञ्चकुमार बाकुलेले जानकारी दिए ।
उनका अनुसार दुर्घटना लगतै प्रहरीको सहयोगमा दुई जना घाइतेहरूलाई गोलबजारस्थित लाईफलङ्ग अस्पताल र दुई जनालाई भूमिजा अस्पताल पुर्याएका थिए । मृतक दासको टाउकोमा गम्भीर चोट लागेका कारण मृत्यु भएको अस्पतालले जनाएको छ । लाईफलङ्ग अस्पतालमा उपचाररतमध्ये दासको उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको हो ।
अर्का गम्भीर घाइते मिर्चैया नपा २ का बाबुलाल मण्डललाई थप उपचारको लागि विराटनगर पठाइएको छ । अन्य दुई जनाको भूमिजामा उपचार भइरहेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ असार २०८१, १३ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फागुन २ गते त्रिशुलीमा खसेका रोहितको शव भेटियो
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एकजना गम्भीर घाइते
नवलपरासीमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु
नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु
रुकुम पश्चिममा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
चन्द्रागिरीमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु