आइसीसी टी–२० विश्वकपसमूह चरणबाटै घर फर्कियो पाकिस्तान

सफल खबर संवाददाता

शनिबार, ०१ असार २०८१, ०८ : ३३
आइसीसी टी–२० विश्वकपसमूह चरणबाटै घर फर्कियो पाकिस्तान

एजेन्सी । पाकिस्तान आइसीसी टी–२० विश्वकप क्रिकेटबाट बाहिरिएको छ ।

समूह ए अन्तरगत अमेरिकाको फ्लोरिडामा हुने भनिएको खेल वर्षाका कारण रद्ध भएसँगै पाकिस्तान प्रतियोगिताबाट बाहिरिएको हो ।

टस समेत हुन नसकि रद्द हुँदा दुवै टिमले एक–एक अंक बाँडे । यससँगै तालिकामा थप एक अंक जोडेसँगै अमेरिका विश्वकपको सुपर आठमा प्रवेश गरेको छ ।

जारी विश्वकप अन्तर्गत समूह ए मा रहेको भारतले तीन खेलमा छ अंक जोडेर सुपर आठमा यसअघि नै पुगिसकेको छ । चार खेल खेलेको अमेरिका पाँच अंकसहित दोस्रो स्थानमा रहेर सुपर आठमा प्रवेश गर्दा तीन खेल खेलेको पाकिस्तान दुई अंकसहित तेस्रो स्थानमा रहँदै एक खेल अगावै बाहिरिएको हो ।