काठमाडौँ । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको छलफलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले स्वास्थ्य मन्त्रालय प्राविधिक र संवेदनशील मन्त्रालय भएको बताउँदै संवेदनशील रूपमा नै काम गरिरहेको जानकारी गराएका छन् । उनले भने, ‘अहिले पनि मन्त्रालयबारे बुझ्ने क्रम जारी नै छ ।’
संघीय अस्पतालहरू धेरै छन् । जुन सोचका साथ अस्पताल स्थापना भएका हुन् त्यो अनुसार सेवा प्रवाह भइरहेको मैले पाएको छैन । अस्पतालहरूमा रहेका कमजोरीहरूको कसरी सुधार गर्न सकिन्छ भनेर मैले रातदिन काम गरिरहेको छु ।
सरकारी अस्पतालमा अप्रेसनको लागि बिरामीले समय पाइरहेका छैनन् । यसको लागि मैले समिति बनाएको छु । सम्भवत समितिले यही हप्ता रिपोर्ट दिन्छ । त्यो रिपोर्टको आधारमा मन्त्रालय अघि बढ्छ । कसको गल्ती हो ? के कारणले बेथिति भइरहेको छ ? सरकारी स्वास्थ्य संस्थामा जनतामाथि नै किन राजनीति भइरहेको छ ? यो विषयमा स्वास्थ्य मन्त्रालय गम्भीर छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३१ जेठ २०८१, १४ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वास्थ्य क्षेत्र सुधार गर्न लागी परेका छौँ : स्वास्थ्यमन्त्री यादव
स्वास्थ्य उपकरण आयात प्रतिस्थापन गर्न मुलुकभित्रै उत्पादन जरुरी छ : स्वास्थ्यमन्त्री यादव
रास्वपाले स्वास्थ्यमन्त्री यादवलाई बुझायो २६ बुँदे सुझाव
स्वास्थ्यमन्त्री यादवले गरे कान्ति बाल अस्पतालमा अनुगमन