दीक्षान्त समारोहमा नेहरु विविका उपकुलपतिलाई आमन्त्रण

विहीबार, १३ पुस २०७४, १४ : ११
दीक्षान्त समारोहमा नेहरु विविका उपकुलपतिलाई आमन्त्रण

काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयले आगामी आइतबार गर्ने ४३औँ दीक्षान्त समारोहको तयारी पूरा भएको छ । ललितपुरस्थित पुल्चोक क्याम्पसको खेल मैदानमा हुने समारोहको तयारी पूरा भएको त्रिविका परीक्षा नियन्त्रक कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले जानकारी दिए ।

समारोहको प्रमुख अतिथिमा जवाहरलाल नेहरु विश्वविद्यालयका उपकुलपति प्रा डा एम जगदीश कुमारलाई आमन्त्रण गरिएको उनले बताए । उपकुलपति कुमार शुक्रबार नेपाल आउने कार्यक्रम  रहेको छ ।

त्रिविको दीक्षान्त समारोहमा विदेशस्थित विश्वविद्यालयका प्राज्ञिक व्यक्तित्व प्रमुख अतिथि हुने परम्परा छ ।  समारोहमा विद्यावारिधितर्फ ६२ विद्यार्थीसहित कूल आठ हजार २६७ विद्यार्थी दीक्षित हुने भएका छन् । यस्तै करिब तीन हजार अभिभावक र एक हजार २०० कर्मचारी पनि समारोहमा सहभागी हुने सहनियन्त्रक अधिकारीले बताए ।
समारोहमा र विभिन्न विषयमा उत्कृष्ट अंक ल्याउने ३१ विद्यार्थी पुरस्कृत हुने उनले जानकारी दिए ।(रासस)

 

प्रतिक्रिया दिनुहोस