काठमाडौं। राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले सहकारी ठगीका आरोपित जीबी राईलाई सरकारले देशभन्दा पनि माथि राखेको आरोप लगाएका छन् ।मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै शाहीले ठूला फाइल खोल्छौं भन्ने सरकारले राईलाई नेपाल देशभन्दा पनि माथि राखेको आरोप लगाएका हुन् ।
‘ठूलो फाइल खोल्छौं खोल्छौ भन्नुहुन्छ । गिरीबन्धुको फाइल कहिले खोलिन्छ ? मेलम्ची र वाडडबडीजस्ता ठूला काण्डका फाइल कहिले खुल्छन् ?,’ शाहीले भने, ‘सहकारी ठगीमा जोडिएका जीबी राई नेपाल देशभन्दा ठूलो हुन् ? जिबी राईलाई किन पक्राउ गरिएको छैन ? छिटो पक्राउ गरियोस् । फाइल खोल्छु, आकाश र पातालमा खोजेर भए पनि ल्याउँछु भनेर गृहमन्त्रीले भन्नुभएको थियो । खोई खोजेको हो ?
शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारत भ्रमणमा जाँदा प्रदेशका मुख्यमन्त्रीको जति पनि सम्मान नपाएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ जेठ २०८१, ११ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारलाई ज्ञानेन्द्रको प्रस्ताव- जनप्रतिनिधि र कर्मचारीले नेपाली उत्पादनकै कपडा लगाउनुपर्ने व्यवस्था गरौं
कर्णालीलाई रेल र सुरुङ चाहिएन बाटो चाहियो : ज्ञानेन्द्र शाही
गृहमन्त्रीले राप्रपाको आन्दोलनलाई दमन गरे: ज्ञानेन्द्र शाही
गृहमन्त्रीज्यू हामीमाथि लाठिचार्ज गर्ने होइन, भ्रष्ट्राचार गर्नेलाई समाऊ: ज्ञानेन्द्र शाही