काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले कर्णालीको सडक पूर्वाधार विकासका लागि सडक र संसद्मा आन्दोलन गर्ने बताएका छन् ।
बिहीबार प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले कर्णालीका लागि आगामी आर्थिक वर्षमा पर्याप्त बजेट व्यवस्था गर्न भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठको ध्यानाकर्षण गराए ।
उनले कर्णाली राजमार्गमा हालिएको ओटाशील उक्किएर खाल्डो परेको र हरेक गाडीको टायर पन्चर हुने गरेको बताए ।
उनले नाग्मा–रारा जाने सडक लगायतका जुम्ला सडक विकासका लागि आग्रह गरे । आगामी आर्थिक वर्षका लागि पहुँचका आधारमा बजेट विनियोजन भयो भने आन्दोलन गर्ने चेतावनी समेत दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० बैशाख २०८१, १३ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारलाई ज्ञानेन्द्रको प्रस्ताव- जनप्रतिनिधि र कर्मचारीले नेपाली उत्पादनकै कपडा लगाउनुपर्ने व्यवस्था गरौं
ज्ञानेन्द्र शाहीको प्रश्न- आकाश-पाताल खोजेर पनि ल्याउँछु भन्नुहुन्थ्यो, खोई जीबी राई खोजेको
गृहमन्त्रीले राप्रपाको आन्दोलनलाई दमन गरे: ज्ञानेन्द्र शाही
गृहमन्त्रीज्यू हामीमाथि लाठिचार्ज गर्ने होइन, भ्रष्ट्राचार गर्नेलाई समाऊ: ज्ञानेन्द्र शाही