रानीपोखरी पुनर्निर्माण मल्लकालीन शैलीमै बन्ने , रञ्जु दर्शनालाई बनाइयो सल्लाहकार

विहीबार, १३ पुस २०७४, १३ : ४२
रानीपोखरी पुनर्निर्माण मल्लकालीन शैलीमै बन्ने , रञ्जु दर्शनालाई बनाइयो सल्लाहकार

चितवन । निर्माणाधिन रानीपोखरीमा कंक्रिटको प्रयोग नगर्न सरकारले निर्देशन दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रानीपोखरीको ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक महत्त्वलाई आत्मसात् गर्दै पुरातत्व विभागले निर्धारण गरेको मापदण्ड अनुसार मात्र निर्माण कार्य अघि बढाउन निर्देशन दिएको हो ।

०७२ को भूकम्पले क्षतिग्रस्त बनेको रानीपोखरी पुनर्निर्माण गर्दा काठमाडौँ महानगरले आधुनिक निर्माण सामग्री प्रयोग भएको भन्दै स्थानीयले विरोध जनाएका थिए ।

यस्तै, बिहीबारै पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले पनि निर्माण सामग्रीमा आधुनिक निर्माण सामग्री प्रयोग नगर्न काठमाडौंख महानगरपालिकालाई पत्राचार गरेका थिए । रानीपोखरी पुनर्निर्माणलाई लिएर महानगरका मेयर र उपमेयरबीच पनि तीव्र मतभेद भएको थियो ।

समितिले पुरानै शैलीमा रानीपोखरी निर्माणको लागि सुझाव सहितको प्रतिवेदन नगरप्रमुखलाई बुझाउनु पर्ने छ । बैठकले समितिको सल्लाहकारमा रक्षामन्त्री भिमसेनदाश प्रधान,  काठमाडौ क्षेत्र नम्बर ६ ९१० का प्रदेशसभा सदस्य केशव स्थापित  र राजनीनिकर्मी रन्जु दर्शनालाई चयन गरेको छ ।  दर्शना स्थानीय तहको निर्वाचनमा महानगरपालिकाको उम्मेदवार थिइन् ।

यसैबीच  विशेषज्ञ समितको प्रतिवेदन प्राप्त नभए सम्म रानीपोखरीको निर्माण कार्य स्थगित गरिएको छ । रानीपोखरी निर्माण कार्य मापदण्ड विपरीत भएको भन्दै  महानगरपालिकाकी उपप्रमुख खड्कीले विरोध जनाउँदै आएकी थिइन् ।  

खड्कीले रानीपोखरी निर्माणको विषयमा प्रमुख शाक्यले एकलौटी रुपमा अघि बढेको बताउदै पुरानै शैलीमा निर्माण हुनुपर्ने अडान लिएकी थिइन् । यस्तै पुरातत्व विभागले पनि रानीपोखरी पुरानै शैलीमा निर्माण गर्नुपर्ने बताउँदै आएको थियो ।  रानीपोखरी निर्माणमा सिमेन्ट, गिट्टी, बालुवा रडलगायतको बस्तु प्रयोग गरिएको छ ।

वि।स २०७२ सालमा गएको भूकम्पको कारण पोखरीको बीच भागमा रहेको बालपालेश्वर मन्दिर पूर्णरुपमा क्षतिग्रस्त भएको थियो भने मन्दिर वरपरका पर्खालमा पनि आंशिक क्षति पुगे पछि पुरातत्व विभागले काठमाण्डौ महानगरपालकिालाई निर्माणको  जिम्मा दिएको थियो ।   

 

प्रतिक्रिया दिनुहोस