घरेलु कामदार सम्बन्धी कानून निर्माण गर्न प्रभु साहको माग

सफल खबर संवाददाता

आइतबार, २७ जेठ २०८१, ०९ : ०९
घरेलु कामदार सम्बन्धी कानून निर्माण गर्न प्रभु साहको माग

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले घरेलु कामदारहरु असुरक्षित एवं शोषित भईरहेको बताएका छन् । असुरक्षित एवं शोषित भईरहेका घरेलु कामदारहरुका लागि सरकारले तुरुन्त घरेलु कामदार सम्बन्धी कानून निर्माण गर्नुपर्ने उनले बताए ।  

आजपा निकटको आम ट्रेड युनियन फेडरेशन नेपालको काठमाडौंमा बसेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले घरेलु कामदारहरुको हकहित एवं अधिकार सहितको कानून निर्माण हुनुपर्ने बताए । 

नेपालमा घरेलु कामदार सम्बन्धी कुनै कानून नभएकाले यहाँ घरेलु कामदारहरु मालिबाट पीडित भएको र काम अनुसारको पारिश्रमिक समेत नपाउँने सत्य कुरा सरकारलाई थाहा नहुनु दुर्भाग्य भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस