बागमती विश्वविद्यालय संरक्षक समितिमा सदस्य नियुक्त

रासस

शनिबार, २६ जेठ २०८१, १४ : ०१
बागमती विश्वविद्यालय संरक्षक समितिमा सदस्य नियुक्त

हेटौँडा । बागमती प्रदेश सरकारले बागमती प्रदेश विश्वविद्यालय सञ्चालनका लागि बागमती विश्वविद्यालय संरक्षक समितिमा ६ जनालाई सदस्यमा नियुक्त गरेको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नव नियुक्त सदस्यहरूलाई आज नियुक्ति पत्र प्रदान गरे ।

समितिका सदस्यहरूमा प्रा. डा. चन्द्रमणि पौडेल, कृष्ण कटुवाल, बच्चुराम अधिकारी, नुनरानी ढुङ्गेल, किरणचन्द्र दाहाल र बच्चुराम अधिकारी नियुक्त भएका छन् । मुख्यमन्त्री जम्कट्टेलले समितिका सदस्यहरूलाई ऐन, नियम र कार्यविधिअनुसार काम गर्न निर्देशन दिए । प्रदेश सरकारले शैक्षिक क्षेत्रमा हाल जारी कोटा प्रणालीको प्राविधिक शिक्षाका कारण उच्च शिक्षाका लागि विद्यार्थी विदेश जानुपर्ने बाध्यताको हल गर्न प्रादेशिक विश्वविद्यालय स्थापना गरिएको उनले उल्लेख गरे । 

बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले उच्च शिक्षाका लागि विद्यार्थी बाहिर जाने र उतै बस्ने अवस्था रोक्न प्रदेश सरकारले विश्वविद्यालय स्थापना गरेको बर्ता । उनले प्रदेशमा स्थापना हुने सार्वजनिक विश्वविद्यालयले प्राविधिक र व्यावसायिक शिक्षालाई जोड दिने बताए । 

प्रदेशमा विश्वविद्यालय स्थापना गरेको करिब दुई महिनापछि संरक्षक समितिका सदस्यहरू नियुक्त गरिएको हो । प्रदेश सरकारको एकल अधिकारको सूचीमा रहेको उच्चशिक्षालाई प्रयोग गर्दै विश्वविद्यालय स्थापनाका लागि प्रदेश सरकारले उच्च शिक्षा ऐन, २०७८ मा भएको व्यवस्थाअनुसार सार्वजनिक विश्वविद्यालयको सञ्चालन र व्यवस्थापनका लागि तयार गरिएको विधानमा विश्वविद्यालय सभा, विश्वविद्यालय संरक्षक समिति, प्राज्ञिक परिषद्, कार्यकारी परिषद् र सेवा आयोग गठनको व्यवस्था गरेको छ । 

 

प्रतिक्रिया दिनुहोस