राजनीतिक लाभका लागि असम्भव योजनाहरू घोषणा नगरियोस् : निशा डाँगी

सफल खबर संवाददाता

विहीबार, २४ जेठ २०८१, १३ : ३७
राजनीतिक लाभका लागि असम्भव योजनाहरू घोषणा नगरियोस् : निशा डाँगी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सचेतक निशा डाँगीले राजनीतिक लाभका लागि असम्भव योजनाहरू घोषणा गर्ने गरिएको भन्दै त्यसरी घोषणा नगर्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।

बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सचेतक डाँगीले अपर्याप्त स्रोतको धरातल थाहा हुँदाहुँदै राजनीतिक लाभका लागि असम्भव योजनाहरू घोषणा नगर्न सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

उनले आधार बिनाको पूर्वाधारमा लगानी बन्द गर्नुपर्ने पनि बताइन् । सांसद डाँगीले राष्ट्रिय गौरवका आयोजना प्रधानमन्त्री वा मन्त्रीको व्यक्तिगत इच्छा वा चाहनामा नभइ निश्चित मापदण्डका आधारमा छनौट गर्नुपर्ने पनि बताइन् ।

“आधार बिनाका पूर्वाधारमा लगानी बन्द गरियोस् । अपर्याप्त स्रोतको धरातल थाहा हुँदाहुँदै राजनीतिक लाभका लागि असम्भव योजनाहरू घोषणा नगरियोस् । राष्ट्रिय गौरवका आयोजना प्रधानमन्त्री वा मन्त्रीको व्यक्तिगत इच्छा वा चाहनामा नभइ एउटा क्रंक्रिट मापदण्डका आधारमा छनौट गरियोस्,” उनले भनिन् ।

facebook sharing button

email sharing button

sharethis sharing button

प्रतिक्रिया दिनुहोस